भन्सार विभागले स्कुटर जस्तै देखिने इलेक्ट्रिक साइकलमा कर लगाएको छ।
विभागको वर्गिकरण तथा पुनरावलोकन शाखाले मंसिर ४ गते भन्सार कार्यालयहरुलाई पत्राचार गर्दै इलेक्ट्रिक स्कुटर जस्तो देखिने सबै साइकलमा स्कुटर सरह राजश्व उठाउन निर्देशन दिएको हो।

अहिले सडक निर्माण दस्तुर इलेक्ट्रिक स्कुटरमा १० हजार रुपैयाँ लाग्दै आएको छ।
अब त्यति नै शुल्क इलेक्ट्रिक साइकलले तिर्नु पर्ने हुन्छ।
प्याडल भएको इलेक्ट्रिक स्कुटरको टायर ठूलो भएको, खुट्टा राख्ने फ्लोर वोर्ड भएको, एक्सिरेलेटर भएको, स्पीड कन्ट्रोल गर्न सक्ने प्रणाली भएकाले कर लिन भनिएको हो।
यातायात व्यवस्था विभागले ३५० वाटभन्दा कम क्षमताका सवारी साधन साइकलमा वर्गिकरण हुने भएकाले दर्ता गर्नु नपर्ने प्रावधान बनाएको थियो।
साथै, यस्ता साइकलको रोड टेष्ट समेत हुने गरेको थिएन।
रोड टेष्ट पास नभएका सवारी साधन दर्ता नहुँने हुँदा यसले अझै अन्योल बनाएको देखिन्छ।
३५० वाटभन्दा कम क्षमता भएका साइकलको रोड टेष्ट कसरी हुन्छ भन्नेमा विभाग पनि अन्योलमा रहेको छ।
विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार भन्सार सडक करहरु लिएर स्कुटरको बर्गिकरण हुनु स्वभाविक हो।