चिनिया राजदूत बिवाईडीको पोखरा शोरुममा

चिनिया राजदूत चेन सोङले चिनिया विद्युतीय सवारी ब्राण्ड बिवाईडीको पोखरा शोरुमको अवलोकन गरेका छन् ।

बिवाइडीका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता उत्तमचोकस्थित प्लगइन अटोमोबाइल्स प्रालिको शुक्रबार राजदूत चोङले अवलोकन गरेका हुन् ।

उक्त अवसरमा राजदूत चोङले पोखरामा चिनियाँ ब्यापारका बारेमा चासो राखेका थिए ।

विद्युतीय गाडीको प्रवर्द्धन कसरी भइरहेको छ भन्ने बारेमासमेत राजदूतबाट चासो व्यक्त भएको प्रालिका सञ्चालक ओमप्रकाश उपाध्यायले जानकारी दिए ।

नेपालमा बिवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि हो ।

नेपालमा बिवाइडीको डल्फिन, इ६ र अटो ३ उपलब्ध छन् ।

बिवाइडी सिल गाडी छिट्टै नेपाली बजारमा आउने बताइएको छ ।

नेपाली बजारमा बिद्युतीय सवारीको माग बढिरहेको र बिद्युतीय गाडीहरु मध्ये बिवाइडी धेरै ग्राहकको रोजाईमा रहेको साइमेक्स इंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *