एपोलो कार मिक्स, सेल्फ लोडिङ मिक्सचर

निर्माण कम्पनीका लागी चाहिने मेशिन तथा प्लान्टहरुको बिक्री वितरण गर्दै आएको कम्पनी प्राइम एसोसिएट्स प्रालिले अहिले एपोलो कारमिक्स मेशिनहरुको पनि बिक्री बितरण सुरु गरेको छ ।

यो एपोलो कारमिक्स इक्युमेन्ट कम्पनी इटालीयन र इन्डियन कम्पनीको जोईन भेन्चर भएको कम्पनी हो ।

यो ग्रुप अन्र्तगत Apollo Inffratech Pvt. Ltd., Apollo Carmix Equipment Pvt. Ltd., Apollo HawkeyePedershaab Concrete Technologies Pvt. Ltd., Apollo Zenith Concrete Technologies Pvt. Ltd., Aptec Equipment Pvt. Ltd., Parker Plant India Pvt. Ltd. पर्दछन् ।

भारतमा निर्मित एपोलो कारमिक्स इक्युमेन्ट कम्पनीले उत्पादन गरेको मेशिन हो । यो सडक, पुल, घर ढलान र केनल लगायतका निमार्ण कार्यहरुमा यसको प्रयोग हुन्छ ।

एपोेलो कार मिक्स एउटा सेल्फ लोडिङ मिक्सचर हो । यो मेशिनमा भएको बकेटले गिटीहरु उठाउँछ । सिमेन्ट अर्को बकेटले हाल्छ ।

मेशिनले अटोमेटिक पानी लिन्छ, मिक्स गर्छ र खन्याउने काम गर्छ । खन्याउँदा यो मिक्सचर २७० डिग्रीसम्म घुम्छ र भनेको स्थानमा तयार भएको पदार्थ खन्याउँछ ।

नेपालमा विशेषगरी ठेकेदारहरु नैं यसका उपभोक्ता हुन् । यो मेशिनले १५ मिनेटमा २ देखी ४.५ घनमिटर मेटेरियलहरु मिक्स गर्छ ।

नेपालमा यो मेशिनको विक्री वितरण विगत ७ वर्षदेखी हुदै आए पनि यो कम्पनीले कार मिक्सको डिलर हालै मात्रै लिएको हो ।

यो मोडलको मिक्सचर र टेक्नोलोजी अन्य कम्पनीसँग नभएकोले पनि कार मिक्समा नेपालमा यसको खासै प्रतिस्पर्धा छैन ।

नेपालमा हाउजिङ, पुल, सडक, केनल लगायतका निर्माण गर्ने कम्पनीले यो मिक्सचर प्रयोग गर्छन् ।

यो फिल्डमै राखिने मिक्सचर हो । यसको मुल्य ८५ देखी ९५ लाखसम्म छ ।

यसमा र्किलोस्करको इन्जीन लगायत धेरै इटालियन पार्ट्सहरु प्रयोग भएको छ ।
कारमिक्स इटालियन मल्टिनेस्नल कम्पनी हो । यसले इन्डियाको मल्टिनेशनल एपोलो कम्पनीसँग जोइन भेन्चर गरेको छ ।

इटालियन कम्पनीले इन्डियाको यो कम्पनीले उत्पादन गर्न सक्छ भनेर नैं सहकार्य गरेकोले पनि यो उत्पादन गुणस्तरिय छ ।

यो मेशिनको मर्मतको कुरा गर्दा एक वर्षको वारेन्टि हुन्छ । जुन समय कम्पनीले जहाँ विग्रेको छ त्यही गएर मेशिन नि शुल्क बनाउँछ ।

यसमा खासैं मर्मत खर्च आउँदैन । तथापी जुन लोकेशनमा विग्रिन्छ, त्यही लोकेशनमा गएर त्यसको मर्मत गरिन्छ ।

नेपालमा अगाडी आएको मेशिन अहिलेसम्म पनि राम्ररी चलेको कारण यसको माग राम्रो भएको बताउँछन् ।

यो धेरै स्थानमा प्रयोग हुने भएकोले उपभोक्ताले यसलाई निर्माणको जुनसुकै क्षेत्रमा पनि प्रयोग गर्न सक्छन् । जसले गर्दा मेशिन एउटा योजना सकिदा पनि प्रयोग विहिन हुदैन ।

यो मेशिन चलाउने अपटेर कम्पनीले सकेसम्म नेपालबाटै उपलब्ध गराउँछ । यदि नेपालमा अभाव भएको खण्डमा कम्पनीले भारतबाट तालिम दिनको लागी मेशिन अपरेटरहरु बोलाउँछ ।

यो वाहेक कम्पनीसँग कंक्रिट व्याचिङ प्लान्ट, असपाल्ट ड्रम मिक्स प्लान्ट, अस्पाल्ट व्याचिङ प्लान्ट, ब्लक बनाउने प्लान्ट, हिम पाइप बनाउने मेशिनहरु पनि छ ।

प्राइम एसोसिएटस्ले प्रालीले यी मेशिन तथा प्लान्ट एपोलो, पारकर, कारमिक्स, जेनिथ लगायतका कम्पनीबाट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *