हवाई यात्रामा महँगो शुल्क

बडा दसैं मनाउन उपत्यका छोड्ने क्रम बढ्दो छ।

सडक र  हवाई सञ्जालको प्रयोगहरू दैनिक डेढ लाख बढीले उपत्यका छोडिरहेका छन्।

यो दसैंमा १५ लाखभन्दा बढीले उपत्यका छोड्ने अनुमान गरिएको छ।

दसैंमा १० देखि १५ प्रतिशत आन्तरिक उडान थपिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुल बताँछन्।

दसैैंको बेलामा उडानको माग झन्डै दोब्बरले हुने गरेको उनले जानकारी दिए।

त्रिभुवन विमानस्थलको क्षमताका कारण आन्तरिकतर्फ थप उडान दिनसकिरहेको पनि भुलले बताए।

दैनिक आउने र जाने गरी आन्तरिकतर्फ २ सय ३६ भन्दा बढी उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा बताउँछन्।

यस्तै दैनिक १२ हजार यात्रुको चाप आन्तरिक तर्फ रहेको पनि उनले बताए।

बुद्ध, यती, श्री, नेपाल एयरलाइन्स, सौर्य, सीता, तारा र समिट एयर ट्रंक रुट (तराई) र स्टल रुट (पहाडी तथा हिमाली जिल्ला) मा उडान भर्दै आइरहेका छन्।

चाडपर्व र पर्यटन मौसमका कारण यात्रुको संख्या बढेको विमानस्थलले जानकारी दिएको छ। दैनिक करिब १ हजार यात्रुको चाप बढिररहेको झाले जानकारी दिए।

दसैंको नवमीसम्म काठमाडौं छोड्ने यात्रुको चाप बढ्ने बताइएको छ। यातायातको सहज सुविधा विस्तारित हुँदै जाँदा महँगो शुल्क तिरेर  हवाई यात्रा यात्रुको रोजाइमा कम पर्न थालेको झा बताउँछन्।

अहिले करिब ९० देखि ९५ प्रतिशत क्षमतामा जहाजहरू उडिरहेको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्।

स्टल रुटमा साना जहाज र नियमित उडान हुने भएकाले केही चाप भएको तर ट्रंक रुटमा अहिले पनि सिट पाउने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *