टाटा मोटर्सको दसैँ अफर

काठमाडौँ : नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले विजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई  टाटा मोटर्स बडा दसैँ बडा अफर सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत ग्राहक महानुभावहरूले टाटा आइस रेञ्जका गाडीको खरिदमा रु सात लाख तीस हजारसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा नगद छुट,  वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु प्राप्त गर्न सक्नेछन् ।

यसका साथै टाटा ईभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले जनाएको छ ।

ईभी तथा आइस रेञ्जका अफरहरू तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्स्का शोरुमहरुमा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *