आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं : दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको हो ।

गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको बताए ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।

सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य भइरहेको सिटौला बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *