जनकपुर बोल्ट्स र STC इनर्जी इन्डस्ट्रिज प्रा.लि. (श्री STC) बीच गत बिहिबार राजधानी काठमाडौंको राडिसन होटल, लाजिम्पातमा आयोजित हस्ताक्षर समारोहमा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ।
यस सम्झौताअनुसार STC नेपाल प्रिमियर लिग (NPL) सिजन ३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बनेको छ।
यस सहकार्यअन्तर्गत STC लाई टिमको ब्रान्डिङ, म्याचडे, होस्पिटालिटी र डिजिटल अभियानहरूमा प्रमुखताका साथ समावेश गरिनेछ। जसले यस साझेदारीलाई सिजनभरि बोल्ट्स परिवारको एक अभिन्न हिस्सा बनाउनेछ।
STC इनर्जी इन्डस्ट्रिजलाई आधिकारिक गो ग्रीन इनर्जी पार्टनरका रूपमा स्वागत गर्न पाउँदा आफुहरु निकै खुसी भएको जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले बताए । STC को RIDE र ENERGY ब्याट्रीले युवा र गतिशील फ्यानहरूको दैनिक जीवनसँग सिधा जोडिने उनले जानकारी दिए । यो साझेदारी भरपर्दो ऊर्जा र दिगो भविष्यप्रतिको साझा प्रतिबद्धतामा आधारित छ। NPL सिजन ३ मा STC लाई साथमा पाउँदा उत्साहित हुनुका साथै फ्यान तथा मधेशका जनतासँगै एक सम्मानजनक सिजनको अपेक्षा गरेको उनको भनाई छ ।
त्यसैगरी, जनकपुर बोल्ट्ससँग गो ग्रीन इनर्जी पार्टनरका रूपमा जोडिन पाउँदा गौरवान्वित भएको STC इनर्जी इन्डस्ट्रिज प्रा.लि.का डाइरेक्टर लक्ष्मी प्रसाद उप्रेतीले बताए । RIDE र ENERGY ब्याट्री ब्रान्डले भरपर्दो र दिगो ऊर्जाको प्रतिनिधित्व गर्ने र यो सोच बोल्ट्सका फ्यानहरूको ऊर्जा र जोशसँग पूर्णरूपमा मेल खाने उनले बताए ।
यस साझेदारीमार्फत नेपालभरिका क्रिकेटप्रेमीहरूसम्म पुग्न र सिजनभरि टिमसँगै उत्तिकै जोशका साथ उभिन पाउँदा आफुहरु उत्साहित रहेको उनले जानकारी गराए । यस सहकार्यले NPL सिजन ३ प्रतिको उत्साहलाई थप बढाएको छ।
जनकपुर बोल्ट्स नयाँ ऊर्जा र दृढ महत्वाकांक्षाका साथ प्रतियोगितामा फर्किने तयारीमा रहेको छ।