जेसीबीको विशेष कार्यक्रम १२ शाखामा

दसैंको सुरुवातसँगै नेपालका विभिन्न जिल्लामा निर्माण तथा कृषि क्षेत्रमा प्रयोग हुने २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकले प्राप्त गरेका छन् ।

नेपालका लागि जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले घटस्थापनाको अवसर पारेर देशभरका १२ शाखाबाट मेसिन हस्तान्तरण गरेको हो ।

कम्पनीले दसैंको पहिलो दिनलाई ग्राहकका लागि नयाँ व्यावसायिक यात्राको सुरुवात बनाउने उद्देश्यसहित ‘जेसीबी शुभारम्भ’ कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रमअन्तर्गत ग्राहकलाई मेसिन हस्तान्तरण गर्नुअघि घटस्थापनाको धार्मिक परम्पराअनुसार पूजा गरिएको थियो । मेसिनमा टीका र माला चढाएर शुभारम्भ गरिएपछि ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा चाबी प्रदान गरिएको थियो । कार्यक्रममा केक काट्नुका साथै मिठाईसमेत वितरण गरिएको थियो ।

यस अवसरमा ग्राहकले जेसीबी थ्रीडीएक्स ब्याकहो लोडर, एस्काभेटर र एग्रिम्याक्सलगायतका मेसिन प्राप्त गरेका छन् । नयाँ मेसिन लिएर ग्राहकहरू आ–आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।

एमएडब्ल्यू अर्थमुभर्सका प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौलाले घटस्थापनाको दिन नयाँ काम सुरु गर्ने परम्परालाई कम्पनीले ग्राहकसँग जोडेको बताए ।

उनका अनुसार मेसिन हस्तान्तरण गर्नु केवल एउटा व्यावसायिक प्रक्रिया नभई ग्राहकका परिवार र व्यवसायका लागि नयाँ अध्यायको सुरुवात पनि हो । कम्पनीमाथि विश्वास गर्ने ग्राहकप्रति उनले आभार व्यक्त गरे ।

हस्तान्तरण गरिएका मेसिन विभिन्न जिल्लामा सडक निर्माण, पूर्वाधार विस्तार र कृषि कार्यमा प्रयोग हुनेछन् । निर्माण तथा उत्पादनमूलक क्षेत्रमा मेसिनको प्रयोगले कामलाई सहज बनाउनुका साथै आर्थिक गतिविधिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपालमा जेसीबी मेसिनको बिक्री तथा सेवामा एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समय बिताइसकेको छ । कम्पनीका अनुसार देशभर रहेको आफ्नो शाखा तथा सेवा सञ्जालमार्फत हाल १२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *