नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता आधिकारिक रूपमा विस्तार गरेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरूमहरूमा आइपुगेको हो ।
राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र सिधै बुकिङ गर्न सक्नेछन् ।
यामाहाको मूल मर्म “बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स” लाई आत्मसात् गरेको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्दछ ।
यसमा भिाभीए प्रविधिको १५५ सिसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पीड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्दछ ।
हाल उपलब्ध आकर्षक रंगहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पहरूको ग्राहक मागलाई सम्बोधन गर्दै यामाहाले यो नयाँ ब्लु विकल्प बजारमा ल्याएको हो ।
रु. ५,३४,९०० मूल्य तोकिएको यो नयाँ भेरिएन्ट थप किफायती समेत भएकाले धेरैभन्दा धेरै राइडरहरूलाई मौलिक नियो–रेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउनेछ ।
क्षेत्रीय विस्तारका अवसरमा बोल्दै एमएडब्लू राइडस प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भन्नुभयो: “हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ ।
ब्लु एक्सएसआरलाई क्षेत्रीय बजारहरूमा प्रत्यक्ष रूपमा पुर्याउनु हाम्रो लागि एउटा महत्त्वपूर्ण कदम हो ।
क्षेत्रीय ग्राहकहरू हाम्रो बढ्दो एक्सएसआर समुदायको प्रमुख हिस्सा हुन् र हामी उहाँहरूमाझ थप विकल्प तथा उत्कृष्ट अनुभवहरू सिधै पुर्याउन प्रतिबद्ध छौँ ।”
यो क्षेत्रीय विस्तारको उद्देश्य स्थानीय राइडरहरूसँग यामाहाको सम्बन्ध अझ प्रगाढ बनाउनु र देशव्यापी रूपमा एक्सएसआर प्रयोगकर्ताहरूको समुदायलाई थप विस्तार गर्नु पनि हो ।
ब्लु यामाहा एक्सएसआर १५५ का लागि टेस्ट राइड तथा बुकिङ हाल देशव्यापी क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा खुला गरिएको छ ।