Skip to content
रसुवाको स्याफ्रुबेसीमा बेलीब्रिज जडान गर्न फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ।

नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम सुरु गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
कुल ७६ मिटर लम्बाईको बेलीब्रिज निर्माण गर्न एक्सिस रोड निर्माणको काम भइरहेको छ ।

बेलीब्रिज जडान गर्न १४ मिटर फाउन्डेसन उठाउन जग खन्न दुई वटा एस्काभेटर प्रयोग भइरहेको छ ।
वेत्रावतीमा बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसीमा पनि निर्माण कार्यलाई तीव्रता दिइएको छ।

स्याफ्रुबेसीमा बेलीब्रिज निर्माण सम्पन्न भएसँगै रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने मन्त्रालयको भनाइ छ।
Views: 131