गोपीकृष्ण शिवाकोटी अध्यक्ष, हिमालयन यातायात कम्पनी प्रा. लि.
हिमालयन यातायात कम्पनी प्रा.लि. विगत दुई वर्षदेखि सवारी साधनको दुर्घटना जोखिम वहन गरी दुर्घटना न्यूनीकरणका लागि विशेष पहल गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो ।
यस कम्पनीमा यातायात क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी व्यक्तिहरु आबद्ध हुनुहुन्छ ।
अहिले हाम्रो कम्पनीमा ११ सयभन्दा बढी सदस्यहरु जोडिनुभएको छ ।
नयाँ सदस्य जोडिने क्रम निरन्तर अघि बढिरहेको छ । हाम्रो कम्पनीले विशेष गरी साना सवारी, मध्यम सवारी, प्राइभेट सवारी र स्कुलको सवारीका यातायात व्यवसायीलाई समावेश गरेको छ ।
विषेश गरी संस्थाले यातायात व्यवसायीको अधिकतम हकहित संरक्षण गर्ने कार्यमा महत्वपूर्ण काम गरिरहेको छ ।
यातायात व्यवसायीको अधिकतम हकहित संरक्षण गर्ने कार्यमा हाम्रो कम्पनी प्रतिबद्ध छ ।
यस कम्पनीले सवारी दुर्घटनामा परी समस्यामा परेका सवारी धनी र चालक दुवैलाई आर्थिक, प्रशासनिक र कानुनी झमेलाहरुलाई समाधान गर्न सहजीकरण गर्छ ।
यसका साथै दुर्घटनाका कारण सदस्य व्यवसायीउपर आउने कुनै किमिमको जस्तै आर्थिक, मानसिक, भौतिक, प्रशासनिक, कानुनी जस्ता समस्याहरुको पूर्ण निराकरणका लागि काम गरिरहेको छ ।
नेपालका लागि दुर्घटनापश्चात् आइपर्ने गैरकानुनी अराजक गतिविधिका लागि कम्पनीबाट सरकारलगायत सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने काम भइरहेको छ ।
दुर्घटनापश्चात् तत्काल राहतका लागि पेस्की रकम उपलब्ध गराउनका साथै दुर्घटनास्थल पुग्ने र घाइते तथा क्षतिगस्त सवारीको उद्धार, आवश्यक औषधि उपचारको उचित प्रबन्ध मिलाउने कार्य कम्पनीले गरिरहेको छ ।