एम्पियरको दसैँ–तिहार अफरमा १ लाख जित्ने मौका

एम्पियर नेपालले चाडपर्वको अवसरमा ग्राहकका लागि विशेष छुट र अफरसहितको योजना सार्वजनिक गरेको छ ।

‘नयाँ सवारी, नयाँ उमङ्ग – यसपालिको महान् चाड एम्पियरसँग’ नाराका साथ सुरु गरिएको यस अफर अन्तर्गत एम्पियरका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट, एक्सचेन्ज अफर र १ लाखसम्म जित्ने मौका पाउनेछन् ।

यस योजना अन्तर्गत एम्पियर नेक्सस तथा म्याग्नस मोडलको खरिदमा ग्राहकले रु. २० हजार नगद छुट वा आफ्नो पुरानो दुईपाङ्ग्रे सवारी साट्दा थप २० हजार मूल्यांकन सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै, १ वर्ष निःशुल्क सर्भिसिङ, ७ वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्पर पनि उपलब्ध गराइनेछ ।

त्यसैगरी, एम्पियरको रियो भिवाईबी मोडलमा भने १० हजार नगद छुट वा थप रु. १० हजार एक्सचेन्ज मूल्यांकनमध्ये एक सुविधा रोज्न सकिनेछ ।

यस फेस्टिभ योजनाको मुख्य आकर्षण भनेको आधिकारिक एम्पियर स्कुटर खरिद गर्ने ग्राहकहरूका लागि सञ्चालन गरिने लक्की ड्र हो, जसका विजेताले १ लाख नगद उपहार पाउने बताइएको छ ।

नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसन प्रालिका अनुसार देशभरका सोरुम तथा डिलर नेटवर्कमार्फत यी स्कुटरमा फेस्टिभ अफरसहित टेस्ट राइड र एक्सचेन्ज सुविधा उपलब्ध गराइएको छ ।

यो विशेष योजना छठ पर्वसम्म लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *