XPENG को १२ लाखसम्मका विशेष छुट

चाडपर्वको अवसरमा XPENG ले ग्राहकका लागि १२ लाखसम्मका विशेष छुट सहित Celebration Upgrade ल्याएको छ।

प्रिमियम विद्युतीय मोबिलिटीको अनुभवलाई थप सहज र आकर्षक बनाउन यो अफरमा विभिन्न विशेष सुविधा समावेश छन्।

ग्राहकले आफ्नै घरबाट XPENG G6 को टेस्ट ड्राइभ लिन सक्नेछन् तथा यस सुविधामार्फत घरमै बसेर XPENG G6 को प्रविधि, आराम र विद्युतीय ड्राइभिङ अनुभव लिन सक्नेछन्।

यस विशेष अफरअन्तर्गत ६.६ kW Home Charger, १ वर्षको बीमा र १ आर्थिक वर्षको Road Tax उपलब्ध हुनेछ, जसले XPENG G6 को ग्राहक अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।

चाडपर्वको उत्सवसँगै आफ्नो ड्राइभिङ अनुभवलाई पनि अपग्रेड गर्न चाहने ग्राहकका लागि XPENG G6 ले स्मार्ट र प्रिमियम विद्युतीय मोबिलिटीको नयाँ अनुभव प्रदान गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *