काठमाडौं । होण्डा डिओ १२५ खरिद गरेका दुई ग्राहकले दसैं लक्षित योजनाबाट जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले सञ्चालन गरिरहेको ‘यो दसैं, आशाको सुरुवात’ योजनाअन्तर्गत स्क्र्याच कुपनमार्फत दिक्षा तिम्सिना र लुजिना मल्लले नगद पुरस्कार जितेका हुन्।
तिम्सिनाले हेलेन इन्टरनेसनल, विराटचोकबाट डिओ १२५ खरिद गरेकी थिइन् भने मल्लले प्रखर इन्टरप्राइजेज, सल्लाघारीबाट उक्त स्कुटर खरिद गरेकी थिइन्।
योजनाअन्तर्गत डिओ १२५ खरिद गर्ने ग्राहकलाई स्क्र्याच कुपन उपलब्ध गराइँदै आएको छ। सोही कुपनमार्फत ग्राहकले विभिन्न नगद तथा अन्य पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
होण्डाका अनुसार चाडपर्वको समयमा ग्राहकलाई थप आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजनाले डिओ १२५ को खरिदमा अतिरिक्त लाभको अवसर प्रदान गरिरहेको छ।