लक्ष्मी ल्युब आयलद्वारा ‘निजी ग्यारेज मेकानिक मिट २०२६’ विस्तार

नेपालका लागि Total Energies Lubricants को आधिकारिक वितरक Laxmi Lube Oil Pvt. Ltd. ले नेपालको अटोमोटिभ बजारसँग प्रत्यक्ष सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले ‘Retailer & Private Garage Mechanic Meet 2026’ कार्यक्रमलाई विभिन्न प्रमुख शहरमा निरन्तर विस्तार गर्ने जनाएको छ।

हालसम्म बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रमहरूमा कम्पनीले उपलब्ध गराएको सहभागिता विवरणअनुसार कुल ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिकको सहभागिता भएको छ। आगामी दिनमा नेपालका अन्य प्रमुख शहरहरूमा समेत यस्ता कार्यक्रम सञ्चालन गरिने कम्पनीले जानकारी गराएको छ ।

पाँच शहरमा प्रत्यक्ष बजार संवाद गरिदैँ

यस कार्यक्रमलाई केवल उत्पादन प्रवर्द्धन गर्ने कार्यक्रमभन्दा पनि बजारसँग प्रत्यक्ष संवाद गर्ने प्लेटफर्मका रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ। कार्यक्रममा रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै लुब्रिकेन्टको प्रयोग, सवारीसाधनअनुसार सही उत्पादन छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था तथा ग्राहकको व्यवहारबारे छलफल गरिएको कम्पनीले बताएको छ ।

बिर्तामोड, झापामा १०० भन्दा बढी, इटहरी, सुनसरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २०० भन्दा बढी सहभागीको सहभागिता रहेको कम्पनीले जनाएको छ। यी पाँच शहरका उपलब्ध तथ्यांकलाई जोड्दा ७०० भन्दा बढी सहभागीको प्रत्यक्ष संलग्नता देखिएको छ ।

रिटेलर र ग्यारेज मेकानिक अटोमोटिभ लुब्रिकेन्टको मूल्य शृंखलाका महत्वपूर्ण पक्ष हुन्। रिटेलरले उत्पादनको उपलब्धता र ग्राहकको छनोटमा भूमिका खेल्छन् भने मेकानिकले सवारीसाधनको अवस्था, प्रयोग र मर्मतसम्बन्धी व्यावहारिक अनुभवका आधारमा लुब्रिकेन्ट छनोटमा प्रभाव पार्छन्।

उत्पादन प्रवर्द्धनभन्दा प्राविधिक संवादमा जोड दिइने 

कार्यक्रमहरूमा *TotalEnergies का lubricant उत्पादन तथा तिनको सही प्रयोगसम्बन्धी प्राविधिक संवाद*मा जोड दिइएको थियो। सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, operating conditions तथा manufacturer specification अनुसार सही viscosity र specification छनोट, engine protection, wear protection, cleanliness, oxidation resistance तथा आधुनिक exhaust after-treatment systems का लागि उपयुक्त lubricant छनोटबारे सहभागीहरूसँग जानकारी आदानप्रदान गरिएको थियो।

दुईपांग्रे सवारीसाधनका लागि Hi-Perf range, passenger vehicles का लागि ‘Quartz range’ तथा commercial र heavy-duty vehicles का लागि ‘Rubia range’ का विभिन्न products र applications बारे जानकारी दिइएको थियो। Hi-Perf अन्तर्गत ‘HI-PERF 4T-700, HI-PERF 4T-900, HI-PERF 4T 900 Scooter र HI-PERF 2T’, Quartz अन्तर्गत engine protection, cleanliness र आधुनिक emission-control systems लक्षित solutions तथा Rubia अन्तर्गत heavy-duty applications, wear protection, oxidation resistance र selected products मा low-SAPS technology जस्ता विशेषताबारे चर्चा गरिएको थियो।

यसका साथै ‘gear oils, transmission fluids, hydraulic fluids, coolants तथा automotive र industrial lubricants’ बारे पनि जानकारी दिइएको थियो। नेपालको विविध सडक अवस्था, heavy load र फरक engine technologies लाई ध्यानमा राख्दै ‘manufacturer recommendation, viscosity grade, API/ACEA specification तथा OEM approvals’ का आधारमा सही lubricant छनोट गर्नुपर्नेमा जोड दिइएको थियो। यस संवादले retailer, dealer तथा mechanics लाई “right lubricant for the right application” को अवधारणा अझ स्पष्ट बनाउन सहयोग पुर्‍याएको थियो।

मेकानिक र रिटेलरबाट व्यावहारिक प्रतिक्रिया

कार्यक्रमका क्रममा सहभागी रिटेलर तथा निजी ग्यारेज मेकानिकहरूले TotalEnergies का उत्पादनबारे आफ्नो व्यावहारिक अनुभव तथा प्रतिक्रिया साझा गरेका थिए। Laxmi Lube Oil का अनुसार सहभागीहरूले उत्पादनको प्राविधिक गुणस्तर र performance, विशेषगरी engine smoothness, cleanliness तथा protection सम्बन्धी सकारात्मक अनुभव व्यक्त गरेका छन्।

ग्यारेज मेकानिकबाट प्राप्त यस्तो प्रत्यक्ष प्रतिक्रिया बजारका लागि महत्वपूर्ण हुन्छ, किनकि उनीहरू सवारीसाधनको दैनिक सञ्चालन, servicing, lubricant replacement र ग्राहकको प्रत्यक्ष अनुभवसँग नजिकबाट जोडिएका हुन्छन्। यसले प्राविधिक specification सँगै वास्तविक प्रयोगबाट प्राप्त feedback लाई पनि जोड्ने अवसर प्रदान गर्दछ।

नेपालको अटोमोटिभ इकोसिस्टमसँग दीर्घकालीन सम्बन्ध  कायम राख्ने 

Laxmi Lube Oil ले रिटेलर तथा मेकानिकसँगको प्रत्यक्ष सम्बन्धलाई आफ्नो बजार विस्तारको मात्र माध्यम नभई नेपालको अटोमोटिभ इकोसिस्टमलाई थप व्यवस्थित र प्राविधिक रूपमा सक्षम बनाउने पहलका रूपमा अघि बढाइरहेको छ। कम्पनीले यसअघि पनि retailer तथा mechanic engagement कार्यक्रमहरू सञ्चालन गर्नुका साथै ‘Garage Chautari’ मार्फत ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने पहल अघि बढाएको छ।

यस किसिमको निरन्तर संवादले principal brand, distributor, dealer, retailer र workshop community बीच दुईतर्फी feedback mechanism विकास गर्न सहयोग पुर्‍याउँछ। यसबाट बजारको आवश्यकता बुझ्ने, product knowledge बढाउने र सवारीसाधनअनुसार सही lubricant प्रयोगबारे awareness विस्तार गर्ने अवसर सिर्जना हुन्छ।

अब अन्य प्रमुख शहरतर्फ विस्तार

बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा भएको कार्यक्रमपछि Laxmi Lube Oil ले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि ‘Retailer & Private Garage Mechanic Meet 2026’ आयोजना गर्ने तयारी गरेको छ।

आगामी कार्यक्रमहरूमा पनि channel relationship strengthening, technical awareness र field-level feedback लाई मुख्य प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।। कम्पनीका अनुसार उद्देश्य केवल बजार पहुँच विस्तार गर्नु नभई नेपालभर lubricant सम्बन्धी प्राविधिक ज्ञान, जिम्मेवार product selection र professional channel engagement लाई थप बलियो बनाउनु हो।

TotalEnergies को lubricant technology तथा Laxmi Lube Oil को स्थानीय बजार पहुँच र channel engagement मार्फत नेपालका अटोमोटिभ व्यवसायी तथा workshop professionals सम्म उपयुक्त lubricant solution र प्राविधिक जानकारी थप नजिक पुर्‍याउने प्रयासलाई निरन्तरता दिइने कम्पनीले भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *