पोखरामा सीएफमोटोको थ्रीएस आउटलेट शुभारम्भ

प्रिमियम मोटरसाइकल ब्राण्ड CFMOTO ले पोखरामा आफ्नो नयाँ 3S (Sales, Service & Spare Parts) आउटलेट, हिमालयन अटो नेक्सस प्रा. लि. औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन पोखरा उद्योग वाणिज्य संघ (FNCCI) का अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्य तथा WADA का अध्यक्ष दीपेन्द्र कोइरालाको विशेष आतिथ्यमा १० असोज २०८३ मा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा CFMOTO नेपालका प्रतिनिधि, डिलर/व्यवसायिक साझेदार, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा मोटरसाइकल प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नयाँ 3S आउटलेट मार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकहरूले CFMOTO का मोटरसाइकलहरूको बिक्री, आधिकारिक सर्भिस तथा स्पेयर पार्ट्स सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्ने जनाएको छ । यसले ग्राहकलाई खरिदपछिको सेवा अझ सहज, व्यवस्थित र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।

CFMOTO नेपालका Authorized Distributor Rishi Trade Centre ले देशभर आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्ने क्रममा पोखरामा 3S आउटलेट सञ्चालनमा ल्याएको हो। पोखरा गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र हुनुका साथै प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलको बढ्दो बजारका रूपमा समेत विकसित हुँदै गएकोले यस क्षेत्रमा CFMOTO को उपस्थितिलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ ।

पोखरा केवल गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र मात्र नभई नेपालका हिमाली तथा उच्च पहाडी गन्तव्यतर्फ मोटरसाइकल यात्राका लागि महत्वपूर्ण प्रवेशद्वार समेत हो। यही परिवेशलाई ध्यानमा राख्दै पोखरामा नयाँ 3S आउटलेट सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य पोखरा हुँदै हिमाली तथा दुर्गम भूभागमा यात्रा गर्ने CFMOTO राइडरहरूलाई आवश्यक बिक्रीपछिको सेवा, Genuine Spare Parts तथा प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराई उनीहरूको यात्रामा थप आत्मविश्वास र भरोसा प्रदान गर्नु रहेको उल्लेख गरिएको छ ।

CFMOTO का लोकप्रिय मोडलहरूमा 250 Dual EFI , 450MT, 450CL-C,450 CL-C Bobber, 450 SR-S लगायतका मोटरसाइकलहरू रहेका छन्। विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा CFMOTO ले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।

नयाँ 3S आउटलेटबाट ग्राहकले टेस्ट राइड, नयाँ मोटरसाइकलको बिक्री, नियमित सर्भिसिङ, प्राविधिक जाँच, Genuine Spare Parts तथा आवश्यक After-Sales Support प्राप्त गर्न सक्ने जनाएको छ । उद्घाटन अवसरमा बोल्दै आयोजक पक्षले पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई CFMOTO को अन्तर्राष्ट्रियस्तरको उत्पादनसँगै विश्वसनीय After-Sales Service र Customer Experience उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

आज उदघाटन को दिन कम्पनी ले ८ थान मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गर्दै उदघाटन समारोह विशेष अफर स्वरूप CFMOTO bikes खरिद गर्दा ग्राहक ले २००००/- सम्म नगद छुट को साथ फ्री हेल्मेट, ह्यान्डगार्ड ,२५० Dual ma ५ वर्ष को इन्जिन वारेन्टी तथा फाइनान्स खरिद गर्दा न्युनतम ४०% भुक्तानी गरी बाईक लिन सक्ने बताएको छ ।

CFMOTO नेपालले आगामी दिनमा पनि देशका प्रमुख शहरहरूमा आफ्नो Sales, Service & Spare Parts नेटवर्कलाई थप विस्तार गर्दै ग्राहकको पहुँच र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *