Skip to content
गुल्मीको कालिगण्डकी गाउँपालिकाका दुई स्थानमा पहिरो र खोलाको बहाव बढेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।
शुक्रबार बिहान करिब ७ः४० बजे कालिगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यस्तै, गाउँपालिका–४ स्थित पातीखोलाको बहाव बढ्दा सडकमा पानी आएर आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ ।
बाटो अवरुद्ध भएको सूचना प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ ।

सडक अवरोधका कारण सवारीसाधन होल्डमा नरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरोध हटाउने तथा सडकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।
Post Views: 16