कृष्णप्रसाद काफ्ले अटोमोवाईल्स सहकारीको अध्यक्षमा निर्वाचित

अटोमोवाईल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा कृष्णप्रसाद काफ्ले निर्वाचित भएका छन् ।

सहकारीको १४ औं वार्षिक साधारण सभाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सहकारीको उपाध्यक्षमा मनोज खनाल, सचिव दिनेश प्रसाद पाठक, कोषाध्यक्ष सागर पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरि सहकारीको संचालक सदस्यमा टुंग वहादुर श्रेष्ठ, कमल मानन्धर, सुवास कंडेल, दिपक रिजाल, टुक प्रसाद दुवाडी तथा लेखा सुपरिवेक्षण संयोजकमा रामशरण भट्टराई, सदस्य विकर्ण कुमार श्रेष्ठ र विष्णु चापागाई निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *