सिद्धबाबा सुरुङमार्गको आधा भन्दा बढि सकियो काम, मंसिरदेखि गाडी गुड्ने

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ३ दोभानस्थित निर्माणाधीन सुरुङमार्ग निर्माणको  काम  ७० प्रतिशत सम्पन्न भएको छ ।

११२६ मिटर लामो सिद्धबाबा सुरुङमार्गको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएको हो । अब इलेक्ट्रोमेकानिकल सम्बन्धी काम मात्र बाँकी रहेको छ ।

आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६९.७० प्रतिशत र वित्तीय प्रगति ६३.५५ प्रतिशत पुगेको जानकारी दिए ।

उनले मंसिर भित्र सुरुङमार्ग संचालनमा लयाउने गरी निर्माणलाई अगाडि बढाएको बताए । यद्यपि, भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी संचालन गर्ने पूर्वनिर्धारित योजना केही समय प्रभावित हुन पुगेको उनले बताए ।

‘सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *