काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको ‘ब्लु फेस्ट’ काठमाडौंमा सुरु भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू राइड्स प्रालिको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि ‘द बिगेस्ट एक्सचेन्ज मेला’ सुरु भएको हो ।
असोज १० गतेसम्म सञ्चालन हुने मेलामा यामाहाले आफ्ना ग्राहकका लागि एक्सचेन्ज, फाइनान्सिङ तथा विभिन्न अफर उपलब्ध गराएको छ । मेलाको औपचारिक उद्घाटनसँगै यामाहाका आधुनिक प्रविधियुक्त स्कुटर तथा मोटरसाइकल प्रदर्शनीमा राखिएका छन् ।
मेलामा ग्राहकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्न सक्नेछन् । त्यसका लागि ५० भन्दा बढी तालिमप्राप्त मूल्यांकनकर्ताको टोली परिचालन गरिएको कम्पनीले जनाएको छ । यसबाट ग्राहकको पुरानो सवारीसाधनको उचित मूल्यांकन गर्ने व्यवस्था गरिएको छ ।
यामाहाले मेलामा नयाँ सवारीसाधन खरिदलाई प्रोत्साहन गर्न १० लाख रुपैयाँसम्मको क्यासब्याक अफर पनि ल्याएको छ । साथै, नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा तथा ४० महिनासम्मको कम ईएमआई योजनाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
मेलाअन्तर्गत विभिन्न गतिविधि तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना हुनेछन् । ग्राहकले टेस्ट राइडमार्फत सहभागी भएर पुरस्कार जित्ने अवसर पाउनेछन् । राइडर, क्रिकेटर तथा सेलिब्रेटीहरूको मिट–एन्ड–ग्रीट सेसनसमेत आयोजना गरिने कम्पनीले जनाएको छ ।
एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले यामाहाका लागि एक्सचेन्ज र अपग्रेड महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार ‘ब्लु फेस्ट’मार्फत ग्राहकलाई पुरानो सवारीसाधनको मूल्यांकनदेखि नयाँ यामाहा खरिद गरेर घर फर्किने प्रक्रियासम्म सहज बनाउने प्रयास गरिएको छ ।
मेलामा ग्राहकका लागि टेस्ट राइडमा पुरस्कार जित्ने अवसरसँगै विभिन्न खेल तथा गतिविधि पनि सञ्चालन गरिनेछ । साथै, ६ दिनसम्म चल्ने मेलामा विभिन्न अफर तथा निःशुल्क एक्सेसरिजसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यामाहा ‘ब्लु फेस्ट’मा सहभागी हुन चाहने ग्राहकले भृकुटीमण्डपस्थित मेला स्थलमा पुगेर प्रत्यक्ष जानकारी लिन सक्नेछन् । कम्पनीले डिलरशिपसम्बन्धी जानकारीका लागि छुट्टै सम्पर्क नम्बरमार्फत जानकारी लिन सकिने जनाएको छ।