काठमाडौं । सिंहदरवार परिसरमा बुधबार मध्याह्न दुई सवारीसाधन आपसमा ठोक्किँदा एउटा कारमा क्षति पुगेको छ।
विज्ञान प्रविधि मन्त्रालय अगाडि पार्किङ गरेर राखिएको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको कारलाई संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को ६६-१-००१२ नम्बरको गाडीले ठक्कर दिएको हो।
उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा कार्की भण्डारीको रहेको बताइएको छ। ठक्करपछि यूएनडीपीको गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने सांसदको कारको ढोकातर्फको भागमा असर परेको छ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। घटनाको थप विवरण संकलन भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।