बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुने

सरकारले बाढीबाट क्षतिग्रस्त सडक र पुलको तत्काल मर्मत तथा वैकल्पिक संरचना निर्माण गरी आगामी असोजभित्रै प्रभावित क्षेत्रको सडक सञ्जाल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सडक सञ्चालनका लागि तत्काल वैकल्पिक मार्ग, तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी सडक तथा पक्की पुल निर्माण अघि बढाउने सरकारको योजना छ ।

प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक तथा पुल पुनर्निर्माणका लागि विभिन्न विषयगत आठवटा कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिए।

उनले प्रभावित क्षेत्रमा तत्काल यातायात सञ्चालन गर्न वैकल्पिक सडक खोल्ने, तुइन तथा झोलुङ्गे पुल जडान गर्ने काम भइरहेको र त्यसपछि क्षतिग्रस्त सडक तथा पुलको स्थायी पुनर्निर्माण अघि बढाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *