चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड नेभोको नयाँ एसयूभी क्यू-०६ को प्रिसेल सुरू भएको छ । कम्पनीले चिनियाँ बजारमा क्यू-०६ को आधिकारिक बिक्री सुरू गरेको हो । कम्पनीले नेभो क्यू-०६ को सुरूआती मूल्य २१ हजार ८०० अमेरिकी डलर तोकेको छ । ५ सिट क्षमताको क्यू-०६ को साइज हालै नेपालमा लन्च भएको क्यू-०५ भन्दा ठूलो छ ।
कम्पनीका अनुसार क्यू-०६ को लम्बाइ ४८३७ एमएम, चौडाइ १९७० एमएम र उचाइ १६७० एमएम हुनेछ । यसमा २९४० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । कम्पनीले क्यू-०६ ईआरईभी र प्योर ईभी दुवै पावरट्रेनमा ल्याएको छ । यसको प्योर ईभी भर्सन २२५ किलोवाट र २४५ किलोवाटको मोटर छ । यसको अल ह्वील ड्राइभ भेरियन्टमा ३३० किलोवाटको डुअल मोटर अप्सन उपलब्ध छ ।
कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको निभो क्यू-०६ चार ब्याट्री अप्सनमा पाइन्छ । यसमा ६३.१८ किलोवाट आवर, ६६.०२ किलोवाट आवर, ७२.५४ किलोवाट आवर र ८०.०२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ । जसले अघिकतम ७०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । ६सी फास्ट चार्जिङ सपोर्ट गर्ने यो गाडी केबल ९ मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
क्यू-०६ मा भेरियन्ट अनुसार १९, २० र २१ इन्चको ह्वील उपलब्ध छ । निभो क्यू-०६ एसयूभीको अगाडि डबल विस्बोन र पछाडि फाइभ लिंक मल्टी लिंक सस्पेन्स प्रयोग गरिएको छ ।
यसमा एसडीए ककपिट २.० रहेको छ । जुन डुअल टीसी ३९९ चिप्स र सियोएन एआई एजेन्टद्वारा संचालित छ। यसमा १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, भेन्टिलेटेड/हिटेड र मसाज सिट, रेफ्रिजरेटर लगायत सुविधा छन् । साथै, ओभर दी एयर अपडेट, लाइडार सहितको एडास फिचर, एआई भ्वाइस एसिस्ट उपलब्ध छ ।