नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्धारा आयोजित बाग्मती अटो जिमखाना च्याम्पियनसिपको उपाधि आशिष भारती “रोनी” ले हात पारेका छन्।
वागमती प्रदेश खेलकूद विकास परिषद्को सहयोग र मोटोभर्स स्पोर्टस क्लवको व्यवस्थापनमा संपन्न यस “एक्सट्रिम इनर्जी प्रिजेन्टस बाग्मती अटो जिमखाना च्याम्पियनसिप पावर्ड बाई लिक्वि मोलि” प्रतियोगितामा रविन सुनुवार “रेहान” र वर्षा बस्नेत क्रमशः दोश्रो र तेस्रो भए ।
यस विजयसहित रोनी, रेहान र वर्षा यसै बर्ष एसियाका विभिन्न देशमा सञ्चालन हुने एसिया अटो जिमखाना च्याम्पियनशिप (एएजिसि)मा छनौट भए भने बेस्ट टाइमिबको आधारमा निमेश ठकुरी, कविन ठकुरी र विपास्ना तामाब समेत सोको लागी वरियतामा परे।
सो अन्तराष्ट्रिय अवसरका साथैविजेता रोनीले पुरस्कार रकम रु ८० हजार, दोश्रामा रेहानले पुरस्कार रकम रु ४० हजार र उत्कृष्ट महिला खेलाडी भई तेस्रो स्थानमा रहेरकालेवर्षालेपुरस्कार रकम रु ४० हजारसहित शिल्ड र सर्टिफिकेट प्राप्त गरे ।
नासा नेपालका अध्यक्ष दसरथ रिसाल, सह–कोषाध्यक्ष कमला छेत्री र सदस्य यदुराज लामिछाने तथा राष्टिय खेलकूद परिषदका कानून अधिकृत नारायण राज अर्याल लगायतलेविजयी खेलाडिलाई पुरस्कृत गर्नुभयो।
तारकेश्वर को लोलाब स्थित अक्सफोर्ड ड्राइभिब ट्रेनिब सेन्टर मा भएको सो जिमखाना मा देशभरि बाट २ माहिला १२ जना ड्राइभरहरु सहभागी थिए ।
अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) को मान्यता प्राप्त एसिया महादेशको सबैभन्दा ठूलो इभेन्ट एसिया प्यासिफिक मोटर स्पोर्ट च्याम्पियनशिपको अटो जिमखानामा समेत यीनै खेलाडीले प्रतिस्पर्धाको अवसर पाउनेछन् ।
एएजीसि यसै महिनादेखी डिसेम्बर सम्म तसकेन्त, हबकब, थाइल्यान्ड, भारत र चाइनिज ताइपेइमा हुनेछ भने एपीएमसि आउँदो अक्टुबरको चौथो हप्ता थाइल्यान्डमा आयोजना हुँदैछ ।