भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अनुमतिबिनै ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भई हेलिकप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केही व्यक्ति तथा संस्थाहरूले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनाधिकृत रूपमा ड्रोन उडाइरहेको बताएको हो।
प्राधिकरणले बिनास्वीकृति ड्रोन नउडाउन सर्वसाधारण तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ । प्राधिकरणले उद्धार उडानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी ‘मानवरहित हवाई उपकरण आरपीएर ड्रोनउडान सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउनरउडाउन भनेको हो ।
नियमविपरीत अनुमति नलिई ड्रोन उडान गरेमा वा उद्धार तथा राहत कार्यमा बाधा पुर्याएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।