बाढीप्रति नाडाद्वारा दुःख व्यक्त गर्दै ‘प्रधानमन्त्री राहत कोष’ मा १० लाख सहयोग

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले गहिरो दुःख व्यक्त गरेको छ ।

नाडाले राष्ट्रिय विपद्को यस चुनौतीपूर्ण घडीमा राज्यसँगै काँधमा काँध मिलाएर उद्धार, राहत तथा पुनस्र्थापनामा सघाउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहयोगमा जुट्न आह्वान गरेको छ । यसैक्रममा नाडाले तत्काल राहत तथा पुनरुत्थान कार्यका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको छ ।

देशको आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्न आवश्यक रहेकाले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ निरन्तर सञ्चालनमा रहने जानकारी पनि नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *