मेगा मोटर्सका संचालक महेश पालका भन्छन् , रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ।
यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
प्रभावित परिवार तथा समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मेगा मोटर्स प्रा.लि. मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
यस कठिन घडीमा प्रभावित सम्पूर्ण समुदायप्रति हाम्रो साथ, सहयोग र ऐक्यबद्धता रहनेछ।
उता रसुवा भन्सार कार्यालयमा पनि बाढीले ठूलो वितण्डा मच्चाएको छ ।
भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार भन्सार यार्डमा चेकजाँचका लागि राखिएका ट्रक तथा अन्य गाडीहरु गरी ३०० देखि ४०० को हाराहारीमा सवारीसाधन बाढीले बगाएको छ ।