नाडा अटो शो को पहिलो दिन मंगलबार हाइगरको भि सिरिज प्रिमियम इभी कोच सार्वजनिक गरिएको छ । नेपालको लागि हाइगर बस कम्पनी लिमिटेडको एक मात्र आधिकारिक विक्रेता शशीला मोटर्स प्रा.लि.ले नेपालमै पहिलो पटक ठूलो आकारकोभि सिरिज प्रिमियम इभी वस सार्वजनिक गरेको हो ।
३१ सिट क्षमताको उक्त वसमा २ सय १६ किलोवाट आवर क्षमताको विवाइडी ब्लेड ब्याट्री प्रयोग भएको छ भने २ सय ७५ किलोवाटको मोटर क्षमता रहेको छ । जुन वसले एक पटकको फुल चार्जमा ३ सय ५० किलोमिटर यात्रा तय गर्न सक्छ । २ सय ७० एमएम ग्राउण्ड क्लियरेन्स बसको अर्को आकर्षण हो ।
उक्त वसमा ब्याट्रीमा दश वर्ष वा दश लाख किलोमिटर सम्मको वारेन्टी दिएको छ । जुन वारेन्टी हाल सम्म नेपालमा भित्रिएका ब्यवसायिक सवारी साधनहरु मध्ये सबै भन्दा धेरै हो । जसले ब्यवसायीको लगानी सुनिश्चित र सुरक्षित गर्नेछ ।
अत्याधुनिक र सुविधासम्पन्न बसमा आरामदायी सिट र यात्रु सुरक्षाका हरेक प्रबन्ध मिलाइएको छ । जसको लागि बसमा डबल एयर सस्पेन्सन, अगाडि र पछाडि दुबैतर्फ डिस्क ब्रेक, एबिएस र इबिडी सिस्टम जडान गरिएको छ भने उच्च गुणस्तरको एसी रहिटर पनि उपलब्ध छ ।
चालकका लागि अटो एडजस्टेवल एयर सस्पेन्डेड सिट रहेको बस सुरक्षित ड्राइभिङको लागि ब्लाइण्ड स्पट नरहनेगरि डिजाइन गरिएको छ । उक्त वसमा नेपाल सरकारले सार्वजनिक यातायातमा अनिवार्य गर्न लागेको सिसि टिभी क्यामरा र जिपिएस सिस्टम कम्पनीबाटै जडान भएर आएको छ ।
शशीला मोटर्सका सहायक महाप्रबन्धक प्रधुम्न केसीले लामो दुरीमा चल्ने विभिन्न आकार र क्षमताका प्रिमियम कोचहरु र शहरी यातायातको लागि पनि ८ देखि १४ मिटरसम्मका सिटी वसहरु उपलब्ध रहेकोजानकारी दिएका छन्। ग्राहकको आवश्यकता अनुसार वसलाई कस्टमाइज गर्न सकिने जानकारी दिंदै उनले डिजेल बसको तुलनामा इभी बसको कमाइ तीन गुणा बढी हुने दावी पनि गरेका छन्।
सहायक निर्देशक दिवस बावुसुवेदीले विक्रीपछिको गुणस्तरीय सेवाको लागि शशीला मोटर्स प्रतिवद्ध र पूर्ण रुपमा तयार रहेको जानकारी दिएका छन्। जसका लागि आवश्यक जनशक्ति र स्पेयर्स पार्टसहरुको बन्दोवस्त मिलाइसकेको उनकोदावी छ । निर्देशक सुवेदीका अनुसार वस खरिदकर्ता तथा संचालकहरुका लागि डेडिकेटेड हटलानइ नम्बर (९७१४५८८३३८) को समेत ब्यवस्था गरिएको छ ।
यससंगै विदेशी पर्यटकको सेवामा मात्रै सिमित हाइगरका प्रिमियम वसहरु अव आम यात्रुको पहुँचमा आएको छ । ट्राभल्स र टुर्स संचालकहरुको पहिलो रोजाइमा पर्दै आएको हाइगरका वसहरु नेपालमा १८ बर्षदेखि निरन्तर संचालनमा छन्।
भ्यान सेग्मेन्टकै सबै भन्दा वढी फिचर भएको FARIZON भ्यान
नाडा अटो सो मा फराइजनको नयाँ इभी भ्यान सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रा.लि. ले ल्याएकोउक्त गाडीमा भ्यान सेग्मेन्टको नेपालमा उपलब्ध मध्ये सबैभन्दा धेरैफिचर्स रहेको छ । जिली र सिएटिएलको सहकार्यमा 2C (Tianxing series को ५० दशमलव २३ किलोवाट आवर क्षमताका ब्याट्री प्रयोग भएको V7E मोडलको उक्त भ्यान GXA -M इभी प्लाटर्ममै बनेकाले अन्य गाडीहरु भन्दा सुरक्षित र आरामदायी छ ।
नयाँ ब्याट्री प्रविधीका कारण ब्याट्रीको लाइफ वढी हुने मात्र नभइ छिटो चार्ज हुने र धेरै रेन्ज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार उक्त भ्यानलाई १२ मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
इभी प्लाटफर्ममै बनेकालेब्याट्री ठोकिने संभावना हुँदैन र नेपालको खाल्डाखुल्डी बाटोमा पनि ब्याट्री सुरक्षित रहन्छ ।
आरामदायी १३ सिट रहेको उक्त भ्यानमा ३६० क्यामरा, अटो होल्ड, कि लेस इन्ट्री एण्ड स्टार्ट, एन्ड्रोइड÷एप्पल कार प्ले जस्ता अत्याधुनिक फिचर्सहरु लोड गरिएका छन् । 12.3 इन्चको Touch screen र 7 इन्चको full LCD instrument cluster रहेको सो front dual airbag, rain sensing wiper, auto headlight, hill hold control जस्ता फिचर्स समेत उपलब्ध छन्।