बिवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिका प्रबन्ध निर्देशक, अटो व्यवसायी तथा महिला उद्यमी यमुना श्रेष्ठ सम्मानित भएकी छिन् ।

अहिले उनको सफलता युवा पुस्ताका लागि निकैं प्रेरणा बनेको छ।

काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा उद्यम, कृषि, हस्तकला तथा व्यवसायका क्षेत्रमा सक्रिय महिला उद्यमी सम्मानित भएका छन् ।

काभ्रेपलान्चोकको नमोबुद्ध नजिकै एतिहासिक पुरानो व्यापारिक दाप्चा बजारमा जन्मेर अध्ययन, रोजगारी र व्यवसायिक यात्राका क्रममा पर्यटन (हरित उर्जा) र अटोमोबाइलको क्षेत्रमा स्थापित बिवाईडी नेपालका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, महिला उद्यमशिलता र कर्पोरेट क्षेत्रमा एक मेहनती र सफल उद्यमीका स्थापित नाम हो।

लाहाछाप अनलाइन स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा आयोजित वार्षिकोत्सव तथा विशेष सम्मान कार्यक्रममा बनेपा नगरपालिका र पनौती नगरपालिकाबाट २/२ जना तथा अरु स्थानीय तहबाट १/१ जना उत्कृट उद्यमी छनौट गरी सम्मान गरिएको हो ।

जिल्लाका १३ स्थानीय तहमा उद्यम गरिरहेका १५ जना महिला उद्यमी प्रोत्साहन सम्मानबाट सम्मानित भएका हुन् ।
यसैगरी समाजसेवाको क्षेत्रमा सक्रिय ७ जना महिलालाई सम्मान गरिएको छ ।
लाहाछाप अनलाइनले स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा वार्षिकोत्सव तथा विशेष सम्मान कार्यक्रम आयोजना गरेको हो । प्रवन्ध सञ्चालक बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार आचार्यले मुलुकको समृद्धिमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए ।

