१८औं नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नाडाको ५० औं वर्षको अवसरमा आयोजना हुने शोमा २०० भन्दा बढी स्टल रहनेछन् ।
साथै, प्यासेन्जर कार, दुईपाङ्ग्रे, लाइट कमर्सियल भेइकल, पार्टपुर्जा, टायर, ब्याट्री, बैंक तथा बीमा कम्पनीका ब्रान्डहरूको सहभागिता रहनेछ ।
अटो शोमा ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनसँगै जीआई ह्युमनोइड र जीओ २ क्वाड्रुपेड रोबोट मुख्य आकर्षणका रूपमा रहनेछन्।
६ दिनमा करिब ७५ हजार दर्शक आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।