नाइमा एक्सपो लक्षित एथरको ‘मेगा गिभअवे’ अभियान पुनः सुरु

काठमाडौं । आगामी साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गर्दै एथर इनर्जी नेपालले ‘मेगा गिभअवे’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत एक भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गत वर्ष सञ्चालन गरिएको यस्तै अभियानबाट सालिकराम कँडेलले एथर रिज्टा स्कुटर जितेका थिए। अभियानप्रति सहभागीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो।

गिभअवेमा सहभागी हुन इच्छुकले एथर इनर्जी नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेज फलो गर्नुपर्नेछ। त्यसपछि नाइमा मोबिलिटी एक्सपोअन्तर्गत हल ‘सी’ को स्टल ‘सी–२’ मा रहेको एथर स्टलमा पुगेर एथर स्कुटरसँग आकर्षक फोटो खिच्नुपर्ने कम्पनीले जनाएको छ।

खिचिएको फोटो आफ्नै सामाजिक सञ्जालमा पोस्ट गरी एथर इनर्जी नेपाललाई ट्याग गर्नुपर्नेछ। साथै, पोस्टमा आफ्ना दुई जना साथीलाई पनि ट्याग गरेपछि सहभागी स्वतः लक्की ड्रमा समावेश हुनेछन्।

कम्पनीका अनुसार यी चार चरण पूरा गर्ने सहभागीमध्ये एक भाग्यशाली विजेताले नयाँ एथर स्कुटर उपहारस्वरूप प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *