काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको चेनेज २४+६५० मा बुधबार बिहान पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान ७:०५ बजे पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।
हाल सडक डिभिजनका उपकरण तथा प्राविधिक टोली पहिरो पन्छाउने कार्यमा खटिएका छन्। पहिरो हटाउने काम तीव्र रूपमा भइरहेकाले सडक सञ्चालनमा ल्याउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ।
सडक सञ्चालनमा नआउन्जेल उक्त मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायको सूचनाको पालना गर्न आग्रह गरिएको छ।