नाइमा एक्सपो अझै प्रिमियम बनाउने

आगामी साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ आयोजना हुँदैछ ।

अटोमोबाइल व्यवसायीहरुको संगठना नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सम्पन्न हुने उक्त एक्सपो यो वर्ष अझै भव्य हुने अनुमान गरिएको छ ।

यस पटकको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ अघिल्लो संस्करण, हामीले एकदमै छोटो समयमा एक्सपो आयोजना गर्नुपरेको थियो, किनभने हामीसँग कुनै पूर्वतयारी थिएन ।

यस अनुसार गत वर्ष भएका हाम्रा कमजोरीबाट सिकेर यो वर्ष केही न केही परिवर्तन गरेर यसलाई अझै प्रिमियम बनाउने सोचले अगाडि बढिरहेका छौ ।

त्यो प्रिमियमनेस स्टलको लेआउट देखि लिएर अवालेकनकर्ताहरुको फ्लो सम्म अनुभव गर्न सकिने छ ।

हामीले सबै कुरामा धेरै सुधार गर्नेछौ ।

फुड पार्टनरदेखि लिएर स्टल व्यवस्थापन सम्म सबैमा हामीले सुधार गर्ने प्रयास गरेका छौ । यस अनुसार समग्र पक्षमा यो वर्ष विशेष फरक हुनेछ ।

नाइमा नेपाल मोबिलिटी एक्सपोमा व्यापारिक कुरा मात्र हुने छैनन् ।

प्रदर्शक र ग्राहक बिचको सम्बन्ध त छँदैछ, यो वाहेक लर्निङ सेसन लगायतका फरक पक्ष पनि रहेका छन् ।

लर्निङ सेसनमा सबै सहभागी बनेर मोबिलिटी र फाइनान्ससँग सम्बन्धित धेरै कुरा जान्न पाउनु हुनेछ ।

हिजो, आज र भोलिको मोबिलिटीका साथै यसमा भएका चुनौतीको वारेमा पनि थाहा हुनेछ ।

ब्याट्री म्यानेजमेन्ट लगायत इथानोल र अन्य विभिन्न नयाँ विषयमा अन्तर्राष्ट्रिय वक्ताहरु समेत सहभागी हुनुहुनेछ ।

यसमा सरकारी निकाय र अटोमोबाइल क्षेत्रमा रहेका विशेषज्ञ र सेलिब्रेटी सम्मको सहभागिता हुनेछ ।

यसबाट मोबिलिटी क्षेत्रलाई एउटा दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *