काठमाडौंमा पछिल्लो १ वर्षमै झण्डै १ लाख नयाँ दुईपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) थपिएको जनाइएको छ। गत आर्थिक वर्ष २०८२र८३ मा यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारामा मात्रै ९८ हजार ७२७ वटा नयाँ दुईपाँग्रे सवारी दर्ता भएका उल्लेख गरिएको हो।
यो अघिल्लो आव २०८१\८२ को तुलनामा २६.४४ प्रतिशत अर्थात् २० हजार ६४६ युनिट धेरै हो । उक्त आवमा कुल ७८ हजार ८१ युनिट नयाँ दुईपाँग्रे सवारी दर्ता भएका थिए । उपत्यकामा आधादर्जन यातायात कार्यालय रहे पनि दुईपाँग्रे सवारीको दर्ता गुर्जुधारामा मात्रै हुँदै आएको छ ।
कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार गत आवमा पेट्रोलबाट चल्ने ८८ हजार ३५३ युनिट मोटरसाइकल र स्कुटर दर्ता भएको जानकारी दिए । यो अघिल्लो आव २०८१\८२ को तुलनामा १० हजार युनिट धेरै हो । उक्त आवमा गुर्जुधार कार्यालयमा पेट्रोलबाट चल्ने ७३ हजार ८१ युनिट मोटरसाइकलरस्कुटर दर्ता भएका थिए ।
त्यस्तै, गत आवमा इलेक्ट्रीक स्कुटर दर्ता दोब्बरले बढेको छ । अघिल्लो आवमा ५ हजार इलेक्ट्रीक स्कुटर दर्ता भएकोमा गत आवमा दोब्बरले बढेर १० हजार ३७४ युनिट पुगेको छ ।
गत आवमा दुईपाँग्रे सवारी साधनको बिक्री बढ्दा नयाँ दर्ता पनि ह्वात्तै बढेको हो । सार्वजनिक यातायात सहज, छिटो र भरपर्दो नहुँदा आमसर्वसाधरण बाध्यात्मक रूपमा दुईपाँग्रे निजी सवारीतफए आकर्षित भइहरेका छन् । साथै, पछिल्लो समय राइड सेयरिङ, फुड डेलिभरी, कुरियर लगायतका सेवामा रोजगारी बढेसँगै धेरैले नयाँ मोटरसाइकलरस्कुटर खरिद गरिरहेको यातयात कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीले बताए।
गत आवमा कुल दर्ता भएका दुईपाँग्रे सवारीमध्ये विद्युतीयको हिस्सा १०.५१ प्रतिशत पुगेको छ । जबकि, अघिल्लो आवमा नयाँ दर्ता भएका दुईपाँग्रेमा ईभीको हिस्सा ६.४ प्रतिशत मात्र थियो ।
नेपालमा चारपाँग्रे ईभी बिक्रीले रफ्तार लिइरहँदा दुईपाँग्रे भने निकै सुस्त थियो । तर, गत फेब्रुअरीमा मध्यपूर्वमा सुरू भएको द्धन्द्ध इलेक्ट्रीक स्कुटरको आकर्षण बढाउने ‘ट्रिगर प्वाइन्ट’को रूपमा देखियो । पेट्रोलको मूल्य अस्वभाविक बढ्दा उपभोक्ता एकाएक इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित हुँदै गएको देखिएको छ ।