राजधानी लगायत देशभरमा प्रमुख शहरहरु पनि ठुला अनि चौंडा सडक भएर निकैं राम्रा र सफा देखिएका छन् ।
जति नैं ठुला र चौंडा सडक भएतापनि ट्राफिक जाम भने उस्तै नैं छ, नयाँ संरचनाहरु बनाएका स्थानहरुमा त जाम केही सहज भएका छन् भने, अन्यत्र भने जामको पिडा उस्तैं छ ।

पछिल्लो समय राइड सेरिङ कम्पनीहरुका कारण दुईपांग्रे सवारी साधनहरुको व्यापक प्रयोग भएका कारण र चालकहरुको लापरवाहिले ट्राफिक जाम निकैं बढेको छ, राज्यले यसबाट कर उठाउने मात्र होइन कि, यसको उचित व्यवस्थापन गर्नु समेत जरुरी देखिन्छ ।
देशको मुख्य राजमार्गको सन्दर्भमा भन्नुपर्दा पहिलेभन्दा निकैं सुधार भैसकेपनि केही स्थानहरुमा सामान्य गाडी बिग्रिएर अड्किदा, खाल्डाखुल्डीका कारण समेत घण्टौं लाइन लाग्नुपर्ने बाध्यता छ ।
यस्ता स, साना कुराहरुले त मुख्य राजमार्गमा समस्या देखिरहन्छन, भने अरु त कति हो, कति ।

राजमार्गमा गाडी मात्र गुड्ने अनुमति हुन्छ, तर हाम्रो राजमार्गमा गाईवस्तु हिंडिरहेका हुन्छन्, सडकको एक किनारमा चिया पकाइन्छ र अर्को किनारमा बेचिन्छ। यी त राजमार्ग नभएर शहरी सडक हुनुपर्ने हो नि !
तर हामीले ती सडकलाई शहरी सडकको संरचनामा पनि बनाएनौं, न त्यो राजमार्ग भयो, न त शहरी सडक नै।
– Roshan Kumar Shrestha@Autonepal