लामो समयदेखि रिक्त रहेको भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । यसअघि विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालय तानेपछि रिक्त स्थानमा भुसाललाई नियुक्त गरिएको हो ।
विभागमा निमित्त महानिर्देशक रहेका भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको मन्त्रालयले जनाएको छ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुसाललाई नियुक्त गरिएको छ ।
त्यस्तै, भन्सार विभागको उप महानिर्देशकका रूपमा प्रेमप्रसाद आचार्यको सरुवा भएको छ । नयाँ जिम्मेवारी पाएका दुवै भुसालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थ मन्त्रालय सरुवा भएको हो ।