नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको प्रतिनिधिमण्डलले मित्रराष्ट्र चीनका विभिन्न प्रान्तमा रहेका मोटर, मोटरसाइकल तथा स्कुटर निर्माण गर्ने प्रतिष्ठित कम्पनीहरूको साथै इभी गाडीहरुको स्पेयर पार्ट्स निर्माता कम्पनीहरुको अवलोकन भ्रमण यही आषाढ ८ गतेदेखि १६ गते सम्म सफलतापूर्वक सम्पन्न गरेको छ ।
महासंघका अध्यक्ष गोपाल भट्टराईको नेतृत्वमा चीन प्रस्थान गरेको प्रतिनिधिमण्डलले अत्याधुनिक सवारीसाधन उत्पादन प्रक्रिया, प्रविधि, गुणस्तर व्यवस्थापन, अनुसन्धान तथा विकास (आर एन्ड डी), र बिक्रीपछिको सेवा प्रणालीबारे प्रत्यक्ष जानकारी हासिल गरेको महासंघले जनाएको छ ।
भ्रमणका क्रममा टोलीले विभिन्न चिनियाँ सवारीसाधन उत्पादक कम्पनीका प्रतिनिधिहरूसँग भेटवार्ता गर्दै नेपालमा अटोमेकानिक्स क्षेत्रको क्षमता अभिवृद्धि, प्राविधिक सीप विकास, आधुनिक उपकरणको प्रयोग तथा भविष्यमा सम्भावित सहकार्यका विषयमा छलफलसमेत गरेको थियो ।
महासंघका अध्यक्ष गोपाल भट्टराईले पछिल्लो समय नेपाली बजारमा चिनियाँ मोटर, मोटरसाइकल तथा स्कुटरको प्रयोग उल्लेखनीय रूपमा बढिरहेको अवस्थामा यस्तो अध्ययन तथा अवलोकन भ्रमण अत्यन्तै फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो ।
उहाँले उत्पादन प्रक्रियादेखि प्रविधिको प्रयोग, गुणस्तर नियन्त्रण र सेवा व्यवस्थापनसम्मका विषय प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त भएकाले यसबाट नेपालको अटोमेकानिक्स क्षेत्रलाई थप व्यावसायिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष भट्टराईका अनुसार भ्रमणबाट प्राप्त अनुभव र ज्ञानलाई नेपालका अटोमेकानिक्स व्यवसायी तथा प्राविधिकहरूमाझ हस्तान्तरण गर्ने योजना महासंघले अघि बढाउनेछ ।
साथै, अन्तर्राष्ट्रिय स्तरको प्रविधि, सीप र व्यवस्थापन प्रणालीलाई नेपालमा भित्र्याउन विदेशी कम्पनीहरूसँग सहकार्यलाई थप विस्तार गर्ने तयारीसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।
महासंघले यस्ता अन्तर्राष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमणले नेपाली अटोमेकानिक्स क्षेत्रको गुणस्तरीय विकास, दक्ष जनशक्ति उत्पादन तथा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेको छ ।
उद्घाटन समारोहमा, ताइझोउ नगरपालिका ब्यूरो अफ इकोनोमी एण्ड इन्फर्मेसन टेक्नोलोजीका उपनिर्देशक गुओ यिङ्जी र ताइझोउ नगरपालिका ब्यूरो अफ कमर्सका उपनिर्देशक लिन आओजिङ लगायत सरकारी विभागका प्रमुखहरू उपस्थित थिए।
ताइझोउ अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका उपाध्यक्ष यिङ शुन्ली; नेपाल अटोमेकानिक्स व्यवसायी महासङ्घका अध्यक्ष गोपाल भट्टराई, अखिल चीन उद्योग तथा वाणिज्य महासंघको अटोमोटिभ पार्ट्स एण्ड एक्सेसरीज चेम्बर अफ कमर्सको निर्माण समितिका अध्यक्ष लुओ लियानमेङ र झेजियाङ प्रान्तीय अटोमोटिभ पार्ट्स उत्पादन तथा बिक्री संघका अध्यक्ष लुओ लियानमेङ; चीन साइकल संघका उपाध्यक्ष हुओ सियाओयुन र ताइझोउ विद्युतीय सवारी साधन उद्योग संघका अध्यक्ष यिङ होङबो पनि उपस्थित थिए।
यस वर्षको प्रदर्शनीमा लगभग ४० देशका लक्षित खरीदकर्ताहरूलाई उपस्थित हुन आमन्त्रित गरिएको थियो, र चिनियाँ अटो पार्ट्स र सामान कम्पनीहरूलाई विश्वव्यापी रूपमा जानको लागि एक कुशल र भरपर्दो एक-स्टप प्लेटफर्म निर्माण गर्न “अन्तर्राष्ट्रिय खरिद मिलान क्षेत्र” स्थापना गरिएको थियो।
प्रदर्शनीको पहिलो दिन, यसले नेपाल, मलेसिया, फिलिपिन्स, इटाली, घाना, काजाकिस्तान, कोलम्बिया, गिनी, दक्षिण अफ्रिका, घाना र क्यामरुनका खरीदकर्ताहरूलाई आकर्षित गरेको थियो।
नेपालको तर्फबाट अध्यक्ष गोपाल भट्टराइ, महासचिव इन्द्रकुमार त्रीपाठी सहित १० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो।