उहाँहरूको हातमा क्यान्सर अस्पतालको कार्ड देख्नेबित्तिकै म उहाँहरूतर्फ दौडिँदै गएँ र सोधेँ, “हजुरहरू क्यान्सर अस्पताल जान लाग्नुभएको हो ?
यदि बिरामी हुनुहुन्छ र क्यान्सर अस्पताल जाँदै हुनुहुन्छ भने, मेरो अटोमा निःशुल्क सेवा उपलब्ध छ।
यो सेवा मैले आफ्नो व्यक्तिगत तर्फबाट सञ्चालन गरिरहेको छु।” उहाँहरूले मेरो भिडियो पहिले नै हेर्नुभएको र मेरो निःशुल्क सेवाबारे सुन्नुभएको रहेछ।
तर मलाई कहाँ भेट्ने भन्ने जानकारी नभएकाले पैदल हिँड्दै अस्पतालतर्फ जाँदै हुनुहुँदो रहेछ। समयमै भेट्न पाउँदा मलाई पनि निकै खुसी लाग्यो।
त्यसपछि उहाँहरूलाई मेरो अटोमा चढाएर सुरक्षित रूपमा क्यान्सर अस्पतालसम्म पुर्याएँ।
अस्पताल पुगेपछि निःशुल्क सेवा पाउँदा उहाँहरूको अनुहारमा देखिएको खुसी, आत्मीय मुस्कान र मनदेखि व्यक्त गर्नुभएको धन्यवाद मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हो।
यस्तै विश्वास, माया र आशीर्वादले नै मलाई हरेक दिन यो सेवालाई निरन्तर अघि बढाउने शक्ति दिन्छ।
सकुञ्जेल क्यान्सर बिरामीहरूको सेवामा समर्पित रहने मेरो प्रयास सधैँ जारी रहनेछ।
मानव सेवाभन्दा ठूलो धर्म अरू केही छैन। सबैको साथ, सहयोग, माया र आशीर्वादको अपेक्षा गर्दछु।