सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।
बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा उनलाई चिट काटिएको हो ।
हेलमेट नलगाएको कसुरमा उनलाई जरिवाना लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बताएको छ ।
मुख्यमन्त्री शाहले सो कसुरमा ५ सय रुपैयाँ जरिवाना तिनुपर्ने जनाइएको छ ।
धनगढीस्थित मुख्यमन्त्रीको निवासमा शाहले मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले उनको सचिवालयसँग समन्वय गरेर चिट काटेको हो ।
चौतर्फी विरोधपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यको नेतृत्वमा रहेको टोली मुख्यमन्त्री निवासमै पुगेर चिट काटेको थिया ।
प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मुख्यमन्त्रीलाई जरिवानाको चिट थमाएको जनाएको छ ।