सारथी ES6 ४०० किमी गुड्ने

यो स्कुटरमा जडान गरिएको ९.६ किलोवाट आवर क्षमताको ब्याट्रीले एकपटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

कम्पनीका अनुसार स्कुटरमा सीएटीएलद्वारा उत्पादित लिथियम ब्याट्री प्रयोग गरिएको्  हो ।

नेपालको तराई क्षेत्र जस्ता समथर सडकहरूमा स्कुटरले अत्यधिक रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ ।

त्यस्तै, काठमाडौं उपत्यकाभित्र गरिएको परीक्षणमा पनि एकै पटकको चार्जमा ३५० किलोमिटरभन्दा बढी यात्रा गर्न सफल भएको दाबी गरिएको छ ।

राइड–सेयरिङ प्लेटफर्महरू जस्तै पठाओ, इनड्राइभ र यांगोका चालकलाई लक्षित गर्दै कम्पनीले यो स्कुटरले दैनिक व्यावसायिक प्रयोगमा समेत उत्कृष्ट प्रदर्शन गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यस्ता सेवाहरूमा नियमित सञ्चालन गर्दा पनि २५० किलोमिटरभन्दा बढी वास्तविक रेन्ज प्राप्त गर्न सकिन्छ, जसले दिनभर चार्जिङको चिन्ताबिना काम गर्न सकिने बनाउँछ ।

नेपालमा इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताहरूले लामो समयदेखि भोग्दै आएको ‘रेन्ज एन्जाइटी’ अब अन्त्यतिर पुगेको कम्पनीको विश्वास छ ।

लुयान नेपालका सेल्स एन्ड मार्केटिङ हेड शंकर शर्माका अनुसार नयाँ स्कुटरको आवागमनसंगै अब रेन्ज एन्जाइटी सधैंका लागि समाप्त हुने अवस्थामा पुगेको छ ।

पेट्रोल स्कुटरले जस्तै लामो दूरीको यात्रा अब इलेक्ट्रिक स्कुटरबाट पनि सहज रूपमा गर्न सकिने उनले बताए ।

सारथी ईएस६ मा रेन्ज मात्र होइन, आधुनिक प्रविधि र सुविधाहरू पनि समावेश गरिएका छन् ।

स्कुटरमा हाई होल्ड एसिस्ट, ब्याट्री खपतको अवस्था समेत देखाउने डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल तथा १२ इन्चका ठूला पाङ्ग्रा उपलब्ध छन् ।

सुरक्षा पक्षलाई मजबुत बनाउन स्कुटरमा डबल डिस्क ब्रेक र कम्वाइन ब्रेकिङ सिस्टम जडान गरिएको छ ।

यसमा रहेको ४ हजार ५०० वाट पीक पावर मोटरले स्कुटरलाई उत्कृष्ट पिकअप  प्रदान गर्दछ । साथै, लामो यात्रालाई सहज बनाउन पर्याप्त लेग स्पेस र दैनिक प्रयोगका सामग्री राख्न पर्याप्त बुट स्पेस समेत उपलब्ध रहेको छ ।

लुयान नेपाल हाल देशभर सबैभन्दा धेरै सर्भिस सेन्टर नेटवर्क भएको इलेक्ट्रिक स्कुटर ब्राण्डमध्ये एकका रूपमा परिचित छ ।

कम्पनीका अनुसार बिक्रीसँगै बिक्रीपछिको सेवामा विशेष ध्यान दिइएकाले ग्राहकहरूले स्पेयर पाट्र्स तथा मर्मत सेवामा सहज पहुँच पाउनेछन् ।

लामो रेन्ज, शक्तिशाली मोटर, आधुनिक फिचर र बलियो बिक्रीपछिको सेवाको संयोजनका कारण सारथी ईएस६ नेपाली इलेक्ट्रिक दुईपांग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने स्कुटरका रूपमा हेरिएको छ ।

विशेषगरी दैनिक धेरै दूरी यात्रा गर्ने, राइड–सेयरिङ व्यवसायमा संलग्न चालक तथा पेट्रोल खर्चबाट मुक्त हुन चाहने उपभोक्ताहरूका लागि यो स्कुटर आकर्षक विकल्प बन्न सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *