अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन

भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेट (Ultraviolette) ले केडिया ग्रुपलाई विस्थापित गर्दै वैद्य अर्गनाइजेसनलाई नेपालका लागि नयाँ आधिकारिक वितरक र आयातकर्ता नियुक्त गरेको छ।

एथरका इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको वैद्य अर्गनाइजेसनले अब अल्ट्राभोइलेटका मोटरसाइकलहरू भित्र्याएर नेपालभर प्रिमियम शोरुम, अत्याधुनिक सर्भिस सेन्टर र बलियो बिक्रीपछिको सेवा नेटवर्क विस्तार गर्ने भएको छ।

कम्पनीले इन्ट्रीग्रेटेड राडार प्रविधि भएको विश्वकै पहिलो बहुप्रतिक्षित ‘एक्स ४७ क्रसओभर’ (X47 Crossover) मोटरसाइकल चाँडै नेपाल ल्याउने घोषणा गर्दै यसको प्रि-बुकिङ छिट्टै खुलाउने जनाएको छ।

यसका साथै, कम्पनीले ३२३ किमी रेन्ज र १५५ किमी प्रतिघण्टाको टप स्पिड दिने अल्ट्राभोइलेट ‘एफ ७७ ओरिजिनल’ (सुरुवाती मूल्य ८ लाख ११ हजार) र ‘एफ ७७ रिकन’ (मूल्य ९ लाख ६९ हजार रुपैयाँ) को बुकिङ समेत खुला गरिसकेको छ।

यो प्रिमियम बाइकमा १०.३ किलोवाट आवरको ब्याट्री, ३० किलोवाटको मोटर, ३९ लेभल ट्रयाक्सन कन्ट्रोल र १० लेभलको रिजेनेरेटिभ ब्रेकिङ प्रणालीसहित डाइनामिक स्टेबिलिटी कन्ट्रोल र हिल होल्ड जस्ता उच्च सुरक्षा सुविधाहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *