रिलायन्स ग्रुप अन्तर्गतको सीएफमोटो नेपालले जेठ १५ गते शुक्रबारदेखि नक्साल नारायणचौरमा तीन दिने “CFMOTO Exchange Adventure 2083” कार्यक्रम सुरु गरेको छ।
“Ride Bigger. Ride Bolder.” भन्ने नारासहित आयोजित यस मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल साटेर नयाँ CFMOTO 250 DUAL सहित अन्य प्रिमियम मोडलहरू खरिद गर्न सक्नेछन्।
यस अभियान अन्तर्गत ग्राहकले ५,००० रुपैयाँ नगद छुट, ७,००० रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स र ईएमआई (EMI) सुविधाका साथै निःशुल्क हेल्मेट प्राप्त गर्नेछन्।
मेलाकै अवसरमा नयाँ वर्ष २०८३ को लक्की ड्र विजेता घोषणा गरी एक जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ नगद क्यासब्याक (Cashback) समेत प्रदान गरिनेछ।
नेपालमा एड्भेन्चर राइडिङ संस्कृतिलाई बढावा दिने उद्देश्यले आयोजित यस कार्यक्रम जेठ १७ गते आइतबारसम्म चल्नेछ, जहाँ टेस्ट राइड र राइडरहरूसँग भेटघाटको अवसर समेत मिलाइएको छ।