देशभर सडक संजाल विस्तार तीव्र

चालु आर्थिक वर्षको फागुनसम्म देशभर थप ४ सय ५६ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण भएको छ।

बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार, २०८२ फागुन मसान्तसम्म नेपालमा कुल कालोपत्र सडकको लम्बाइ २० हजार ४ सय ५६ किलोमिटर पुगेको छ।

यसबाहेक देशमा ७ हजार ६ सय २ किलोमिटर ग्राभेल र ८ हजार ७ सय ४८ किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ।

योसँगै देशभर निर्मित कुल सडकको लम्बाइ ३६ हजार ८ सय ६ किलोमिटर पुगेको छ।

यसअघि २०८२ असार मसान्तसम्म कुल सडकको लम्बाइ ३६ हजार २ सय २६ किलोमिटर मात्र रहेको थियो।

अर्कोतर्फ, स्थानीय पूर्वाधारअन्तर्गत भने ९ महिनाको अवधिमा जम्मा ७ किलोमिटर मात्र सडक विस्तार भएको छ।

असार २०८२ सम्म ६८ हजार ९३ किलोमिटर रहेको स्थानीय सडकको लम्बाइ थप ७ किलोमिटर विस्तार भएसँगै अहिले ६८ हजार १ सय किलोमिटर पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *