टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा ‘टिभिएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ अटोमोटिभ कार्निभल आयोजना गरेको छ ।
नेपालकै सबैभन्दा ठुलो टिभिएस दुईपाग्र्रे इभेन्टका रूपमा सञ्चालित यस मेलामा ग्राहकले नयाँ सवारी खरिदलाई सहज बनाउने विभिन्न वित्तीय तथा आदानप्रदान प्याकेजको लाभ लिन सक्नेछन् ।
सात दिनसम्म चल्ने कार्यक्रममा टिभिएस मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रेन्जको प्रदर्शनी, नयाँ मोडल सार्वजनिकीकरण, टेस्ट राइड, प्रत्यक्ष मनोरञ्जन र पारिवारिक गतिविधिसमेत राखिएको छ ।
कार्निभल अवधिभर ग्राहकलाई लक्षित व्यावसायिक योजना सार्वजनिक गरिएको छ ।
एक्सचेन्ज सुविधा ‘कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर ल्याएर नयाँ टिभिएस दुईपाग्रेसँग साट्न सकिनेछ र यसरी साट्दा पूर्ण मूल्यांकन लाभ प्रदान गरिनेछ ।
कम मासिक किस्ता वित्तीय योजनाअन्तर्गत दैनिक १३९ रुपैयाँबाट सुरु हुने ईएमआई सुविधा उपलब्ध छ ।
यस्तै चुनिएका टिभिएस मोडलमा आकर्षक नगद छुट, तत्काल ऋण स्वीकृति ‘फटाफट फाइनान्स’ योजनाअन्तर्गत नागरिकता र सवारी चालक अनुमतिपत्रको आधारमा छिटो ऋण स्वीकृत हुने टिभिएसले जनाएको छ ।
नयाँ सवारी खरिदमा निःशुल्क एसेसरिज तथा सबै मोडलमा आजीवन वारेन्टीको सुविधा समेत रहेको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘यो इभेन्ट हरेक नेपाली परिवारका लागि प्रिमियम दुईपाग्रे सवारीको स्वामित्व साँच्चै सहज बनाउने हाम्रो प्रयास हो ।
उत्कृष्ट एक्सचेन्ज दर, सहज वित्तीय विकल्प र रोमाञ्चक कार्निभल वातावरणसहित सबैलाई भृकुटीमण्डपमा आई आफ्नो सपनाको टिभिएस घर लैजान निमन्त्रणा गर्दछौं ।’