थापाथलीमा आयोनको नयाँ शोरुम

काठमाडौं। सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आयोन गाडीको नयाँ फ्ल्यागसिप शोरुम पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार एक विशेष कार्यक्रमका बीच यो शोरुमको उद्घाटन गर्नुभएको हो।

यस नयाँ शोरुममा ग्राहकहरूले आयोन ब्रान्डका विभिन्न गाडीहरू सहजै हेर्न, बुझ्न र गाडी किनेपछिका सम्पूर्ण सेवाहरू एकै ठाउँबाट लिन सक्नेछन्।

नेपालमा वातावरणमैत्री र अत्याधुनिक विद्युतीय सवारी (इभी) को प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो शोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

सीजी मोटर्सले ग्राहकलाई उत्कृष्ट गाडीका साथै बिक्रीपछिको सेवा र बलियो चार्जिङ नेटवर्क उपलब्ध गराउने लक्ष्य लिएको छ।

हाल कम्पनीले नेपालभर २६० भन्दा बढी स्थानमा चार्जिङ सेवा दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *