डोल्पाको लाशिक्याप-धो सडक स्तरोन्नति हुँदै

डोल्पा जिल्लाको लाशिक्याप-धो ३७.५ किलोमिटर सडक खण्डको नयाँ निर्माण तथा स्तरोन्नति कार्य अगाडि बढ्ने भएको छ।

वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट अनुसार यस सडक आयोजनाको कुल लागत १ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ अनुमान गरिएको छ।

यो सडक खण्ड काईके गाउँपालिकाको लाशिक्यापबाट सुरु भई डोल्पो बुद्ध गाउँपालिकाको धोमा पुगेर टुङ्गिनेछ, जुन जाजरकोट-दुनै-मरिम-तिन्जे-धो अन्तर्गतको सहायक सडक खण्ड हो।

यस आयोजना अन्तर्गत २२.७ किलोमिटर नयाँ सडक ट्र्याक खोलिनेछ भने बाँकी १४.८ किलोमिटर विद्यमान सडकलाई स्तरोन्नति गरी कुल २ लेनको बनाइने छ।

हिमाली भू-भाग, वन क्षेत्र र ठूली भेरी नदीको किनारै-किनार गुड्ने यस प्रस्तावित सडक खण्डमा ४ वटा पुल, १०४ वटा ह्युम पाइप कल्भर्ट, २ वटा स्ल्याब कल्भर्ट र १ वटा कजवे निर्माण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *