चितवनका लागि एमजी मोटर्सको आधिकारिक डिलर युनाइटेड अटो कन्सेर्न प्रालिले नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी ‘एमजी एस६ इभी ट्रफी लङ रेञ्ज’ चितवन बजारमा सार्वजनिक गरेको छ।
एमजी शोरुम चितवनमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका पदाधिकारीहरू र पहिलो ग्राहक दिलिप खतिवडाले संयुक्त रूपमा यो गाडीको अनावरण गरेका हुन्।
यस नयाँ गाडीमा उच्च क्षमताको १८० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ, जसले डब्लूएलटीपी (WLTP) मापदण्ड अनुसार एक पटकको फुल चार्जमा ५३० किलोमिटरको रेञ्ज प्रदान गर्दछ।
नेपाली सडक अनुकूल १९५ एमएम ग्राउण्ड क्लियरेन्स, रियर-व्हील ड्राइभ र रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणाली रहेको यस गाडीको प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले यस गाडीमा ११ वर्ष वा १.५ लाख किलोमिटरसम्मको विस्तारित वारेन्टी र मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराउने घोषणा गरेको छ।