इभी करबारे महालेखाको सुझाव

महालेखा परीक्षकको कार्यालयले नेपालमा आयात हुने विद्युतीय सवारीसाधन (इभी) को मोटर क्षमता स्पष्ट रूपमा पहिचान गर्ने आधार तयार पार्न सरकारलाई सुझाव दिएको छ।

महालेखाको ६३औं वार्षिक प्रतिवेदनका अनुसार, विद्युतीय सवारीको भन्सार महसुल सही तरिकाले निर्धारण गर्नका लागि मोटर पावर यकिन गर्ने बलियो मापदण्ड आवश्यक रहेको औंल्याइएको छ।

साथै, आयात गरिने सामान तथा सेवाहरूको मूल्याङ्कन विधिलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार कारोबार मूल्यका आधारमा गर्ने गरी प्रणालीमा सुधार ल्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

महालेखाले विगतको ६२औं प्रतिवेदनदेखि नै इभीको मोटर क्षमता र यसमा लाग्ने करको विषय उठाउँदै आएको छ र यसअघि कर छली भएको भन्दै बेरुजु समेत देखाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *