फोटोनको कस्टमर मिट सम्पन्न

एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले ललितपुरको बालकुमारीमा ग्राहकहरूसँग अन्तरक्रिया र अनुभव साटासाट गर्न ‘कस्टमर मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकका अनुभव र सुझावहरू प्रत्यक्ष रूपमा सुन्नु र उनीहरूका आवश्यकता अनुसार सेवामा सुधार ल्याउनु रहेको थियो।

छलफलका क्रममा विशेषगरी बिक्रीपछिको सेवा (आफ्टर-सेल्स सर्भिस), स्पेयर पार्ट्सको उपलब्धता र मर्मतको गुणस्तरबारे ग्राहकहरूले आफ्ना धारणा राखेका थिए।

नेपालमा बढ्दो ईभी (EV) प्रयोगलाई ध्यानमा राख्दै फोटोनले आफ्नो मजबुत ईभी इकोसिस्टम र देशभर फैलिएको सर्भिस नेटवर्कबारे पनि ग्राहकहरूलाई आश्वस्त पारेको छ।

यस्ता कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई थप बलियो बनाउने र भविष्यमा अझ स्तरीय सेवा प्रदान गर्न मद्दत पुग्ने फोटोन नेपालको विश्वास छ।

फोटोन नेपालले आफ्ना कमर्सियल सवारी साधनमार्फत शहरी ढुवानी, स्कूल यातायात र व्यावसायिक क्षेत्रमा भरपर्दो मोबिलिटी सोलुसन उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *