पोखरामा १२ जेसीबी मेसिन हस्तान्तरण

नेपालको पश्चिमी क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने क्रममा जेसीबी नेपालले पोखरामा १२ वटा मेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ।

एक विशेष कार्यक्रमका बीच जेसीबीका चर्चित 3DX ब्याकहो लोडर र JCB 221 एक्स्काभेटर प्रमुख निर्माण व्यवसायी तथा ठेकेदारहरूलाई प्रदान गरिएको हो।

जेसीबीका मेसिनहरू उच्च कार्यक्षमता, राम्रो रिसेल भ्यालु र टिकाउपनका कारण नेपाली बजारमा लोकप्रिय छन्।

हाल देशभर ३२ भन्दा बढी सेवा केन्द्र र २०० भन्दा बढी इन्जिनियरहरू मार्फत कम्पनीले भरपर्दो ‘आफ्टर सेल्स सर्भिस’ दिँदै आएको छ।

कार्यक्रममा जेसीबी नेपालका सिइओ तेज प्रसाद सुवेदीले ग्राहकको बढ्दो विश्वास नै कम्पनीको सफलता भएको बताउनुभयो।

उहाँका अनुसार, ग्राहकहरू अहिले लगानीको प्रतिफल र मेसिनको विश्वसनीयताप्रति निकै सचेत छन्, जसमा जेसीबी खरो उत्रिएको छ।

नेपालका लागि जेसीबीको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रा. लि. ले निर्माण कार्यलाई सहज बनाउन देशभर आफ्नो बलियो सञ्जालमार्फत सेवा दिइरहेको छ।

पोखरामा भएको यो मेसिन हस्तान्तरणले पश्चिम नेपालको पूर्वाधार विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *